सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी

सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी


  • 5.8K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी

    काठमाडौं, १ जेठ । सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी भएका छन् ।

    images

    उनका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त गरे।  एमालेबाट वडा सदस्यमा मञ्जु कार्की, कुमार चौलागाइ र कल्पना परियार विजयी भएकी छिन् । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी भइन् ।

    उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिएका छन् भने एमालेका वासुदेव थापाले एक हजार ३४८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेकी छिन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन्  ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप