ओखलढुङ्गाको मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवार रुम्दालीको अग्रता

ओखलढुङ्गाको मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवार रुम्दालीको अग्रता


  • 7.6K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    ओखलढुङ्गाको मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवार रुम्दालीको अग्रता

    काठमाडौं, १ जेठ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् । 

    images

    धारा चिन्हका रुम्दालीको २४२५ मत आउँदा एमालेका रुपलाल तामाङको १७७४ मत आएको छ । उपाध्यक्षमा कांग्रेसका आश्राचन राई अगाडि छन् । उनले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन् । मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए । 

    नौ वडा रहेको मानेभन्ज्याङमा १, २, ८, ७ र ९ को मतगणना भइसकेको छ । मतगणनाको परिणाम अनुसार वडा नं २ मा एमालेको प्यानल र अन्य सबै वडामा कांग्रेसको प्यानल विजयी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप