गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे अग्रता

गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे अग्रता


  • 9.1K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे अग्रता

    काठमाडौं, १ जेठ । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका मेयरका उम्मेदवार विवश चिन्तनले १७६६ मत पाएका छन् ।

    images

    दोस्रोमा जसपाका मेयर उम्मेदवार प्रेम बहादुर गुरुङले १५१२ मत पाएका छन् । कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १४८५ मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १३९९ मत पाएकी छन् । त्यस्तै माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १८३४ मत पाएकी छन् भने एमाले उम्मेदवार पार्वती पाठकले ७०१ मत पाएकी छन् । हाल मत गणना जारी छ ।

    यो जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह नगर हो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप