रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले  र एक स्वतन्त्र विजयी

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले  र एक स्वतन्त्र विजयी


  • 7.9K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले  र एक स्वतन्त्र विजयी

    काठमाडौं, १ जेठ । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ ।

    images

    अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । 

    नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु

    रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट  विजयी भए । 
     
    सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा  हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी भए  । 

    थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी भए। परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र  वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी भए। 

    त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी भए । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भए । 

    नेपाली कांग्रेस विजयी भएका वडा

    नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा  अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका हुन् । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र  रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी भएका छन्। 

    नेकपा एमाले विजयी भएका वडा

    नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी भएका छन्। यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर  र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी भएका छन् । 

    स्वतन्त्र विजयी भएका वडा

    रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी भए । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका हुन्।