उदयपुरका मुख्य निर्वाचन अधिकृतकाे राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृतकाे राजीनामा


  • 7.7K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    उदयपुरका मुख्य निर्वाचन अधिकृतकाे  राजीनामा

    काठमाडौं, १ जेठ । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । जिल्लामा पूणरूपमा मतगणना सुरु नहुँदै उनले स्वास्थ्य समस्याको कारण देखाएर राजीनामा दिएका हुन् ।

    images

    खनाल शनिबार अचानक बेहोस भएका थिए । उनले निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै निर्वाचन आयोगमा राजीनामा पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।

    उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा मतदानको विवाद कायमै रहेको छ ।

    विवादका कारण त्रियुगामा मतगणना सुरु हुन सकेको छैन । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले त्रियुगा १२ मा पुन मतदानको माग गरिरहेका छन् भने कांग्रेस र एमालेले मतगणना गर्न माग गरेको जनाइएको छ ।

    त्यसैगरी कटारी नगरपालिका -१० मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको समस्याले पनि उनी तनावमा रहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप