काठमाडौं, १ जेठ । मत नदिएको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका-१ राप्रपाका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका राहुल थारुको समुहले स्थानीय एक महिलामाथि निर्घात कुटपीट गरेका छन्।
निर्वाचनमा एमालेका उम्मेदवारसंग पराजित भएपछि राहुलको समुहले शनिबार राति नौ बजेतिर वडा नम्बर १, सोनपुर बस्ने ३५ वर्षीय आशा थारुलाई कपाल लुछी निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ।
कुटपीट भएकी महिलाको टाउको र मुखमा गम्भीर चोट लागेको छ। प्रहरी उपरीक्षक जेसि शाहले कुटपीट गर्ने पीडक राहुलसहित ६ जनामाथि किटानी जाहेरी परेका बताए। उनीहरुको खाजीकार्य जारी रहेको उनले बताए। घाइते महिलाको बुटवलको सिटी अस्पतालमा उपचार भईरहेको छ।
