खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित


  • 5.0K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार  निर्वाचित

    काठमाडौं, १ जेठ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवी राई निर्वाचित भएकी छन्।गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी राई २८८१ मत पाएर निर्वाचित भएकी हुन्।

    images

    उनले निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए। पराजित शंकरले २५७५ मत प्राप्त गरेका छन्।

    गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएका छन्। उनले गाउँपालिको निवर्तमान उपाध्यक्ष रहेकी एमालेकी विमला राईलाई पराजित गरेका हुन्। राईले २५९५ मत पाएका छन्।

    जन्तेढुंगामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले जितेका थिए। यसपटक उनीहरू दुवै जना पराजित भएका छन्।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप