भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार सुवेदीलाई अग्रता

भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार सुवेदीलाई अग्रता


  • 19.0K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 29.2K Views

    भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार सुवेदीलाई अग्रता

    काठमाडौं, १ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

    images

    आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

    भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

  • सम्बन्धित विषय:

  • # चितवन
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप