गोरखामा ३७ वडाकाे मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र १७ वडा जित्दै शिर्षस्थानमा

गोरखामा ३७ वडाकाे मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र १७ वडा जित्दै शिर्षस्थानमा


  • 10.7K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    गोरखामा ३७ वडाकाे मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र १७ वडा जित्दै शिर्षस्थानमा

    काठमाडौं, १ जेठ । गोरखाको ९४ वटा वडा मध्य ३७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । हाल सम्म आएको ३७ वटा वडाको मतपरिणाममा नेकपा माओवादी केन्द्रले १७, नेपाली कांग्रेसले १२, नेकपा एमालेले ७ र जनता समाजवादी पार्टी (जसपा) ले १ वडामा विजयी हासिल गरेका छन् । 

    images

    माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २, १०, अजिरकोट गाउँपालिका १, २, ३, धार्चे १, २ भीमसेनथापा १, शहीदलखन २, ४ र ५, गण्डकी गाउँपालिका १ र २ बारपाक सुलिकोट २ र ४ जितेको छ । चुमनुब्री ६ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिका १ र २, भिमसेन थापा गाउँपालिका २ र ३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १, ३ आरुघाट गाउँपालिका १, २, ३ र सहिदलखन ३ र अजीरकोट ४ मा बिजयी भएको छ । नेकपा एमालेले आरुघाट गाउँपालिका ४, ५ र ६ गोरखा नगरपालिका ३ र ५, शहीदलखन गाउँपालिका १ र धार्चे ३ मा बिजयी हाँसिल गरेको छ । जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पालुङटार नगरपालिका १ मा बिजयी हाँसिल गरेको छ ।