काठमाडौं, १ जेठ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार धन बहादुर श्रेष्ठ विजयी भएका छन् ।
उनी ५३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बल बहादुर तामाङले ३७९ मत प्राप्त गरे ।
चम्पादेवीको वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको नेकपा एमालेका नेता मनोज केसीले जानकारी दिए । उनका अनुसार वडा नम्बर तीनमा एक हजार ७० मत खसेको थियो ।
