सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेसका विजयी

सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेसका विजयी


  • 6.9K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेसका विजयी

    काठमाडौं, २ जेठ । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् । साहले चार हजार ४७७ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत प्राप्त गरेका छन् ।

    गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर निर्वाचित भएकी छन् । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन्  । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २२५ मत मात्रै पाएकी छन् ।

    सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडाको वडाध्यक्षमा निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप