• ट्रेण्डिङ्ग :
भोजपुरको पौवादुङ गाउँपालिकामा एमाले विजयी

भोजपुरको पौवादुङ गाउँपालिकामा एमाले विजयी


  • 8.6K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    भोजपुरको पौवादुङ गाउँपालिकामा एमाले विजयी

    काठमाडौं, २ जेठ । भोजपुरको पौवादुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए ।

    images

    उनले २ हजार ४ सय ९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले १६ सय ८८ मत ल्याए । १३ सय ७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए ।

    किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो । उपाध्यक्षमा एमालेकै ज्योत्सना राई २४ सय ६ मत ल्याएर विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १७ सय ६९ मत प्राप्त गरिन् ।

    तेस्रो बनेकी कांग्रेसकी रामकुमारी राईले १३ सय ८७ मत प्राप्त गरिन् । यहाँ सुरूमा माओवादी अध्यक्ष दिएर कांग्रेससँग तालमेल गर्ने जिल्ला नेतृत्वमा सहमति भएपनि वडाको नेतृत्वमा भागबण्डा नमिल्दा गठबन्धन दल एक्लाएक्लै भिडेका थिए ।