भरतपुरमा एमालेका सुवेदीको अग्रता

भरतपुरमा एमालेका सुवेदीको अग्रता


  • 17.7K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 27.2K Views

    भरतपुरमा एमालेका सुवेदीको अग्रता

    काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले तीन हजार ३४२ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।
     
    उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाएका छन् । उनको प्रतिस्पर्धी  एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पा्रपत गरेकी छिन्।

    images

    यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाएका छन् । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ ।
     
    भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ ।

  • सम्बन्धित विषय:

  • # चितवन
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप