बुटवल, २ जेठ । २५६६ औँ बुद्वजयन्ती समारोहमा सहभागित हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ बज लुम्बिनी आईपुगेका छन । बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिनिधि मण्डलको टोलीसहित ४ वटा हेलिकप्टरमा लुम्बिनी आएका हुन । लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका छन ।
मायादेवी मन्दिरमा मार्कर स्टोनमा फुल अर्पण गरि पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि २ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि मोदी साझै भारतको आईबीसीद्वारा निर्माण हुने बिहारको शिलान्यास गर्ने र त्यहा पछि होटल पवनमा केही बेर बिश्राम गर्ने तथा त्यही दुई सरकारबीच वार्ता एवम पत्रकार सम्मेलनको आयोजना गरिएको छ । २ बजे मोदी लुम्बिनीमा नवनिर्मित सभाहलमा आयोजित मूल समारोह समितिमा भाग लिइ सम्बोधन गर्ने र करिब ३ बजे भारत फिर्ता हुने कार्यक्रम रहेको विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठिले जानकारी दिए ।
मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा ब्यवस्था कडा बनाईएको छ ।
विदेश सचिव विनय मोहन क्वात्राले अप्रिलमा भएको द्विपक्षीय बैठकमा दुवै देशका नेताले गरेको कुरा अगाडि सार्दै द्विपक्षीय सम्बन्धको बारेमा चर्चा हुने, भारत–नेपाल ऊर्जा सम्बन्धी लगायतका विषयमा अप्रिलमा भएको सहमतिमा कुरा हुने बताए । नेपालमा रहँदा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।


कल्पना डुम्रे
