दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी

दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी


  • 7.7K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी

    काठमाडौं, २ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् ।

    images

    बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् ।

    नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप