घोराही उपमहानगमा गठबन्धनलाई पछि पार्दै एमालेले अग्रता फराकिलो बनायो

घोराही उपमहानगमा गठबन्धनलाई पछि पार्दै एमालेले अग्रता फराकिलो बनायो


  • 16.4K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 25.2K Views

    घोराही उपमहानगमा गठबन्धनलाई पछि पार्दै एमालेले अग्रता फराकिलो बनायो

    काठमाडौं, २ जेठ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

    images

    पछिल्लो साढे ११ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् । एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

    उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् । अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ ।

    अहिले वडा नं. २, १२, १३, १६, १७ मा मतगणना जारी छ । अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।

  • सम्बन्धित विषय:

  • # दाङ
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप