कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 

कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 


  • 9.3K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी 

    काठमाडौं, २ जेठ । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन् ।

    images

    उनले गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन्। बोगटीले तीन हजार ३०५ मत ल्याए भने सारुले ३ हजार २८१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए । 

    उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षमा एमालेका दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए । ६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप