राप्रपाको महाधिवेशन सुरु, सीपीले गर्नुभयो राजाको प्रशंसा

राप्रपाको महाधिवेशन सुरु, सीपीले गर्नुभयो राजाको प्रशंसा


  • 7.7K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    राप्रपाको महाधिवेशन सुरु, सीपीले गर्नुभयो राजाको प्रशंसा

    काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर सुरु भएको छ ।

    images

    भृकुटीमण्डपमा उद्घाटन गरिएको महाधिवेशानमा आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषण गर्नुभएको छ । 

    शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको त्यहाँ पुग्नुभएको छ । 

    राजाको तारिफमा सिपी मैनाली

    उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि पुग्नुभएका नेकपा (माले) का महासचिव सिपी मैनालीले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताउनुभयो ।

    उहाँले बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले अन्त्य गरे पनि अहिलेका नेताहरूले बोल्नसमेत नसकेको धारणा व्यक्त गर्नुभयो । 

    बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गराउन अब देशभक्तहरू जुनसुकै विचारका भए पनि एकजुट हुनुपर्छ भन्नुभयो ।

     


    तेस्रो आँखा