भरतपुरको मेयरमा एमालेका सुवेदीलाई ३७ मतको अग्रता

भरतपुरको मेयरमा एमालेका सुवेदीलाई ३७ मतको अग्रता


  • 9.6K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    भरतपुरको मेयरमा एमालेका सुवेदीलाई ३७ मतको अग्रता

    काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् ।

    images

    पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका उम्मेदवारको अग्रता छ । दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप