काठमाडाैं, २ जेठ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।
चिसंखुगढी पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका हुन् । उनी तीन हजार एक सय ९८ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अशोक थापाले दुई हजार छ सय ९१ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषबाबु थापा तीन हजार एक सय १६ मत ल्याएर विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुस्मिका राईले दुई हजार २० मत प्राप्त गरिन् ।
चिसंखुगढी गाउँपालिको वडा नम्बर १, २, ४ र ५ माओवादीले जितेको छ भने नेपाली कांग्रेसले वडा नम्बर ६ र ७ को अध्यक्ष जितेको छ । वडा नम्बर ८ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा भने कांग्रेस र माओवादीका उम्मेदवारको मत बराबर भएको छ । यसको निर्णय आउन बाँकी रहेको छ ।
