काठमाडौं, २ जेठ । ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । चम्पादेवीको पालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी दिला माया मगर निर्वाचित भएकी छिन् ।
कांग्रेसका नवराज केसीले चार हजार सात सय १५ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका खड्गबहादुर कार्कीले चार हजार पाँच सय ६० मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी दिलामाया मगरले चार हजार छ सय १३ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कुसा मगरले चार हजार चार ७८ मत प्राप्त गरिन् ।
त्यस्तै पालिकाको सात वटा वडा अध्यक्ष कांग्रेसले जितेको छ भने तीन वटा एमालेले जितेको छ । चम्पादेवीको वडा नम्बर १, २, ४, ५, ८, ९ र १० मा कांग्रेस विजयी भयो भने वडा नम्बर ३, ६ र ७ मा एमोले विजयी भयो ।
