काठमाडौं महानगरमा मतगणनास्थल थपिने

काठमाडौं महानगरमा मतगणनास्थल थपिने


  • 6.9K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    काठमाडौं महानगरमा मतगणनास्थल थपिने

    काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ ।

    images

    पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पुर्‍याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको उनले बताए ।

    जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’ हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ ।