मदाने गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

मदाने गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


  • 8.2K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    मदाने गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

    काठमाडौं, २ जेठ । गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी सरिता खड्का विजयी भएकप् छन् ।

    images

    कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् भने उनका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाए । उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाए ।

    मदाने गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गाउँपालिकाका ७ वटा वडामध्ये ५ वडामा नेपाली कांग्रेस र २ वडामा नेकपा एमालेले जितेको छ ।  जसअनुसार वडानम्बर १, ३, ४, ६ र ७ मा कांग्रेस तथा २ र ५ को वडाअध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको थियो ।