ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमाले विजयी

ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमाले विजयी


  • 10.8K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमाले विजयी

    काठमाडौं, २ जेठ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान लामा निर्वाचित भएका छन्।

    images

    लामाले ३ हजार एक सय ४ मतसहित निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका गोपिलाल सिन्तानलाई पछि पारेका हुन्। ४१ वर्षीय सिन्तानले २ हजार ५ सय ९ मत प्राप्त गरेका छन्। यसपटक ललितपुरमा एमालेले जितेको यो पहिलो पालिका प्रमुख हो।

    उपाध्यक्षतर्फ नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे ३ हजार २ सय २७ मतसहित निर्वाचित भए। नेकपा एमालेकी रनिता तामाङले २ हजार ४८ मत पाइन्।

    वडाध्यक्षतर्फ वडा-१ मा माओवादी केन्द्रका सन्तलाल लामा, २ मा एमालेका रोहन घलान लामा, ३ मा नेपाली कांग्रेसका तीलकबहादुर भोम्जन, ४ मा नेपाली कांग्रेसका तीर्थबहादुर घलान र ५ मा माओवादीका विजयकुमार स्याङ्तान निर्वाचित भएका छन्।