तनहुँको घिरिङमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

तनहुँको घिरिङमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी


  • 8.5K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    तनहुँको घिरिङमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

    काठमाडौं, २ जेठ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका होमबहादुर थापा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमाललाई ७७७ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।

    images

    थापाले चार हजार ३३१ मत प्राप्त गरेका छन् भने कुमालले तीन हजार ५५४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष नेकपा एमालेकै राधादेवी अधिकारी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई १ हजार ७ सय ३४ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएकी हुन् ।

    अधिकारीले चार हजार ४८१ मत प्राप्त गरिन् भने थापाले दुई हजार ७४७ मत प्राप्त गरेका छन् । उक्त पालिकामा सत्तारुढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । नेकपा एमालेले चार र कांग्रेसले एउटा वडामा वडाध्यक्ष जितेका छन् । घिरिङ–५ कांग्रेसले जितेको छ भने १, २, ३, ४ एमालेले जितेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # तनहुँ

  • तेस्रो आँखा
    लेखकबाट थप