मानेभञ्ज्याङ गाउँपालिका स्थानीय सरकारको नेतृत्व रुम्दाली र वाम्बुलेको काँधमा   

मानेभञ्ज्याङ गाउँपालिका स्थानीय सरकारको नेतृत्व रुम्दाली र वाम्बुलेको काँधमा   


  • 10.5K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    मानेभञ्ज्याङ गाउँपालिका स्थानीय सरकारको नेतृत्व रुम्दाली र वाम्बुलेको काँधमा   

    ओखलढुंगा,२ जेठ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन वाम्बुले राई विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई विजयी भएका हुन् ।

    images

    एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अधिकांश वडा अध्यक्षमा समेत रुम्दालीको प्यानल नै विजयी भएको हो ।अध्यक्षमा निर्वाचित रुम्दालीले एमाले–जसपा गठबन्धनबाट एमाले उम्मेदवार रुपलाल तामाङलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गरेका छन् । रुम्दालीले ५ हजार २१ मत प्राप्त गरे भने उनका निटतम प्रतिद्वोन्दी तामाङले ३ हजार ८ सय १५ मत ल्याएका थिए ।

    उपाध्यक्षमा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार दीपेन्द्र रुम्दालीलाई २ हजार १ सय ७३ मत अन्तर पराजित गर्दै राई ४ हजार ७ सय ५० मत प्राप्त गरेका विजयी भएका छन् । रुम्दालीले २ हजार ५ सय ७७ मत पाए । मानेभञ्ज्याङमा एमाले र जसपाले तालमेल गरेका थिए भने कांग्रसले नेपाल तरुण दलका पूर्व अध्यक्ष ज्ञानेन्द्र रुम्दालीलाई स्वतन्त्र उम्मेदवारको रुपमा  गापा अध्यक्षमा  उठाएर सहयोग गरेको थियो । 

    मानेभञ्ज्याङ गाउँपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र नेकपा एमालेका केन्द्रीय सदस्य किशोर अधिकारीको क्षेत्र हो । यहाँका ९ मध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ । नेपाली काँग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, वडा नं.२ मा राममणी राई, वडा नं.४ विष्णु तामाङ्ग, वडा नं. ५ मा रामकुमार राई, वडा नं. ६ मा हेमराज राई, वडा नं.७ विष्णु प्रसाद गौतम, वडा नं.८ मा भिम बलाम्पाकी मगरले जितेका छन् ।

    नेकपा एमालेबाट वडा नं.३ मा जितेन्द्र राई र ९ मा पूर्णबहादुर मगरले जितेका छन् । २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ७ वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । स्थानीय तहको प्रमुखमा निर्वाचित भएपछि ज्ञानेन्द्र रुम्दालीले घोषणा पत्रका उल्लेखित कामहरुलाई प्राथमिक्ताका साथ कार्यन्वायन गर्ने बताए । चुनावमा भोट दिएका नदिएका सबै नागरिकलाई समान दृष्टिकोणले सेवा दिने र सबैको सहभागितामा आवश्यक योजना बनाउने रुम्दालीले बताए  ।

    उनी प्राविधिक समस्याका कारण पार्टीको टिकट पाएनन । साझा उम्मेदवारका रूपमा कांग्रेसले समर्थन गरेर चुनावी मैदानमा उत्रीएका तरुणदलका पूर्व अध्यक्ष तथा पूर्व महाधिवेशन प्रतनिधि रुम्दाली नेपाली कांग्रेस ओखलढुंगाका लोकप्रिय युवा नेता हुन् । गाउँपालिका उपाध्यक्षमा विजयी बौद्धिक र इमान्दार नेताको छवि बनाएका आश्राचन राई नेपाली कांग्रेस प्रदेशसभा ख का सभापति समेत हुन् । दुबै नेतासँग पालिकाकाे समृद्दीकाे रेखा काेर्ने याेजना बनाउन र कार्यन्वायन गर्न सक्ने क्षमता छ । 


    जीवन शर्मा
    लेखकबाट थप