वीरगञ्ज महानगरमा सरावगीसँगको मतान्तर फराकिलो बनाउँदै सिंह

वीरगञ्ज महानगरमा सरावगीसँगको मतान्तर फराकिलो बनाउँदै सिंह


  • 9.8K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    वीरगञ्ज महानगरमा सरावगीसँगको मतान्तर फराकिलो बनाउँदै सिंह

    काठमाडौं, २ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् ।

    images

    ९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन् ।

    त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय निर्वाचन
  • # विरगञ्ज

  • तेस्रो आँखा
    लेखकबाट थप