उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीका मानबहादुर विजयी

उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीका मानबहादुर विजयी


  • 9.8K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीका मानबहादुर विजयी

    काठमाडौं, २ जेठ । नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले जितेका छन् । खत्रीलाई आठ सय भन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

    images

    मगरले ४,९४२ मत ल्याउँदा खत्रीले ४,११४ मत पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । तर यसपटक भने एमालेलाई नै हराउँदै दोस्रोपटक अध्यक्ष जिते ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले जितेका छन् । खड्काले ४,६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३,८६३ मत पाइन् । यो गाउँपालिकामा सत्ता साझेदार दलहरुको गठबन्धन भएको थियो ।

    यो सहित एकीकृत समाजवादीले जितेको स्थानीय तहको संख्या तीन पुगेको छ । तर निर्वाचित हुनेमा भने एकीकृत समाजवादीका पहिलो अध्यक्ष हुन् । यसअघि दुई पालिका प्रमुखमा एकीकृत समाजवादीका नेता निर्विरोध भएका थिए ।