कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

 कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी


  • 7.9K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

     कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

    काठमाडौं, ३ जेठ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए।

    images

    यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरे ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप