काठमाडौैं, ३ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसका जनक पुन ४३९१ मतप्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी सरिता केसी निर्वाचित भएकी छिन् । केसीले ४४३७ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीनीले ३७०८ मत प्राप्त गरिन् ।
९ वडा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एमालेले ले ३-३ वडा जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरु वडा नंं १, ४ र ९ मा विजयी भएका छन् । वडा नं. २, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. ३, ५ र ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका नेकपा एमालेले जितेको थियो ।
