स्थानीय तह निर्वाचन २०७९
ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


  • 9.0K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    काठमाडौं, ३ जेठ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन्द्र खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा जित निकालेका हुन्।

    images

    खनालले ६ हजार ७ सय ९१ मत पाए भने उनका निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत प्राप्त गरिन् । उप प्रमुखमा भने नेकपा एमाले केदारबाबु बस्नेत विजयी भए ।

    उनले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पारे । वस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाए ।

    सिद्धिचरण नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन वडा तहसम्मै भएको थियो । १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । २०७४ सालमा एमालेले प्रमुख, उप प्रमुखसहित ७ वडा जितेको थियो ।

    वडा अध्यक्षका विजयीहरु:

    वडा नम्बर १ तिर्थ घिमिरे (नेका) 

    वडा नम्बर २ वसन्त कट्वाल (नेकपा माओवादी) 

    वडा नम्बर ३ सिताराम दाहाल (नेका)

    वडान नम्बर ४ रत्न ब. गुरूङ (एमाले)

    वडा नम्बर ५  डिल्लिशेर राई (एमाले)

    वडा नम्बर ६  मेख ब. मगर (नेका)

    वडा नम्बर ७  भल ब. कट्वाल (नेका)

    वडा नम्बर ८ एकराज तामाङ (नेका)

    वडा नम्बर ९ गुणाराज खड्का (नेका) 

    वडा नम्बर १० रमेश धमला (नेका)

    वडा नम्बर ११ विनोद ताम्राकार (नेका)

    वडा नम्बर १२ उमंग श्रेष्ठ (नेका)

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप