स्याङ्जाको आँधीखोला गाउँपालिकामा एमाले निर्वाचित

स्याङ्जाको आँधीखोला गाउँपालिकामा एमाले निर्वाचित


  • 6.6K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    स्याङ्जाको आँधीखोला गाउँपालिकामा एमाले निर्वाचित

    काठमाडौं, ३ जेठ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

    images

    पौडेलले पाँच हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले चार हजार ३५१ मत प्राप्तगरे । यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छिन् । उनले पाँच हजार २७३ मतले विजयी  भइन् भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे ।

    ६ वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । ३ र ६ वडामा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् । १६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमाले विजयी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप