हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित


  • 7.9K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

    काठमाडौं, ३ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित  भएका हुन् । 

    images

    जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार  अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएकी हुन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएकी थिइन्। पाण्डेले छ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गरे । 

    उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित भएकी छिन् । रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गरिन् । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप