भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उहाँले अध्यक्षको दौडबाट पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताउनुभयो ।
‘हिजो जबरा र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभयो’, उहाँले भन्नुभयो, ‘अर्का नेता (कमल थापा) पनि अध्यक्ष दौडबाट हट्नुपर्छ । यो सरुवा रोगजस्तो होइन । कोही मेरो नजिक आएर हाँस्यो भने म नहाँसिकन बस्न सक्दिनँ । त्यसैले अध्यक्षद्वय जबरा र लोहनी पछि हटेकाले अब थापा पनि हट्नुपर्छ ।’
नेकपा (माले) का सिपी मैनाली राप्रपाको अध्यक्ष बन्न लागेको भए शुभकामना भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर चन्दले पनि मैनाली राप्रपामा आउने भए स्वागत गर्ने बताउनुभयो ।
मुलुकमा एउटा स्थायी संस्थाको आवश्यक रहेको भन्दै उहाँले राजसंस्था पुनःस्थापना गर्नुपर्ने तर राजसंस्थालाई कस्तो अधिकार दिने भन्ने विषयमा भने छलफल गर्नसकिन्छ भन्नुभयो ।
न्युज कारखाना
