धनुषाको विदेह नगरपालिकामा एमाले विजयी

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी


  • 8.2K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    धनुषाको विदेह नगरपालिकामा एमाले विजयी

    काठमाडौं, ३ जेठ । धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

    images

    नगरपालिकाको मेयरमा एमालेका उम्‍मेदवार वेचन दास तत्मा र उपमेयरमा आशादेवी झा निर्वाचित भएका छन् । एकीकृत समाजवादीका राज किशोर यादवलाई नौ सय बढी मतले हराउँदै तत्मा निर्वाचित भएका हुन् ।

    एमालेका तत्माले ४ हजार ४१२ मत ल्याउँदा समाजवादीका यादवले ३ हजार ४२६ मत मात्र पाए ।

    साथै स्वतन्त्रबाट मेयरमा उम्‍मेदवारी दिएका गोविन्द कुमार साहले १ हजार ६४३, नेपाली कांग्रेसका योगेन्द्र प्रसाद यादवले ज्ञ हजार ६१३, जनमत पार्टीका प्रेम कुमार मंडल केवटले ५८० र माणवादी केन्द्रले ४९९ मत पाएका छन् ।

    यस्तै विदेह नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी आशादेवी झाले ४ हजार ६५९ मत ल्याइन भने एकीकृत समाजवादीकी सञ्‍जना अधिकारीले २ हजार ८७० मात्र मत ल्याइन् । साथै नेपाली कांग्रेसकी सिमा कुमारी महतोले २ हजार ७ सय ८६ मत ल्याइन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप