काठमाडाैं,३ जेठ । नेपाली कांग्रेसले एमालेको गढ मानिएको ओखलढुगास्थित सिद्धिचरण नगरपालिकाको नेतृत्व हात पारेको छ । २५ वर्ष सम्म एमालेको विराशत रहेको नगरपालिकामा गत वैशाख ३० काे स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले दुइ तिहाइ वडा सहित मेयर जितेका हुन ।
मंगलबार सार्वजनीक भएको मत परिणाम अनुसार मेयरमा खनाल र उपमेयरमा एमालेका प्रदेश कमिटी सदस्य केदारबाबु बस्नेत निर्वाचित भएका छन् । खनालले नेकपा एमालेकी प्ररदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङलाई १ हजार १ सय ८४ मतले पछि पार्दै मेयरमा जितेका हुन् । उनले ६ हजार ८ सय ३४ मत पाए भने उनका निकटत्म प्रतिद्धन्दी गुरुङले ५ हजार ६ सय ५० मत प्राप्त गरिन् । उप प्रमुखमा नेकपा माओवादी केन्द्रका नेता रुपेश शाक्यलाई पछि पार्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य केदारबाबु बस्नेत विजयी भए । उनले माओवादी केन्द्रका शाक्यलाई ५ सय १६ मतले पछि पारे । वस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ८२ मत पाएका थिए ।
२०७१ सालमा ६ वटा गाविस मिलेर बनेको ओखलढुंगा नगरपालिका २०७३ मा पूनःसंरचना गरी ११ वटा गाविस मिलाएर सिद्धिचरण नगरपालिका बनाएर १२ वटा वडामा विभाजन गरिएको थियो । साविकका ११ वटा गाविसमा २०५४ मा नेकपा एमालेकै वर्चश्व थियो । त्यस यता लामो समय स्थानीय निकायको निर्वाचन हुन नसकेपनि २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले नै मेयर उपमेयर सहित सात वटा वडा कब्जा गरेको थियो । त्यसवेला नेपाली कांग्रेसले ४ र नेकपा माओवादी केन्द्रले एउउटा वडा जितेको थियो । २०७९ वैशाख ३० मा भएको स्थानीय तहको दोस्रो निर्वाचनमा नगरपालिकाका ९ वटा वडा सहित मेयरमा कांग्रेस सभापति तेजेन्द्र खनालले बाजी मारे ।
निर्वाचित भएलगत्तै उनले नगरका नागरिकको वास्तविक समस्यलाई पहिलो प्रथमिक्तामा राखेर काम गर्ने प्रतिकृया दिएका छन् । एमालेले २५ वर्ष शासन गरेको नगरपालिका भित्रका ०५४ सालमै खानेपानी समस्या समाधान गर्ने नारा लिएर हिडेपनि अहिलेसम्म काम गर्न नसकेको भन्दै आफ्नो कार्यकालमा नगरक्षेत्रमा खानेपानीको समस्या पूर्णरुपमा समाधान गरेर छाड्ने बताए । ढल निकास र बजार व्यवस्थापनको कामलाई प्रथमिक्तामा राखेर काम गर्ने उनले बताए । स्वास्थ्य,शिक्षा र कृषिलाई व्यवसायिक र व्यवहारिक बनाउँने भन्दै घोषणा पत्रका उल्लेख गरिएका योजनालाई प्रथमिक्ताका साथ कार्यन्वायन गरिने बताए ।
माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा गएको कांग्रेसले वडा नम्बर १ को साविक तलुवा, २ ठुलाछाप, ३ अधेरीनारायणस्थान,६ जन्तरखानी,७ विगुटार,८ सल्लरी,९ ज्यामिरे,१० वेतिनी, ११ र १२ ओखलढुगा गरी १० वटा वडा सहित मेयरमा जितेको हो । उप मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रुपेश शाक्य एमालेका प्रदेश कमिटी सदस्य केदारबाबु बस्नेतसँग पराजित भएका छन् । नगरपालिका र केही वडाहरुमा गठबन्ध भएपनि धेरैवडाहरुमा कांग्रेस,एमामले र माओवादीकोबीच प्रतिष्पर्धा भएको थियो । निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका बसन्त कट्वालले वडा नं. २ को अध्यक्षमा भारीमतले विजयी हासिल गरेका छन् भने ९ वटा वडा सहित मेयरमा नेपाली कांग्रेस विजयी भएको निर्वाचन अधिकृतको कार्यालय ओखलढुगाले जनाएको छ । त्यस्तै नेकपा एमाले वडा नम्बर ४ रुम्जाटार र वडा नम्बर ५ वर्नालुमा निर्वाचित भएको छ ।
यस पटक नेपाली कांग्रेसले जितेका अधिकांश वडाहरु अघिल्लो निर्वाचनमा एमालेकै वर्चश्व थियो । यी वडाहरु गविस हुँदा २०५४ को स्थानीय निकायको निर्वाचनमा समेत एमालेले जितेको थियो । साविकको तलुवा, ठुलाछाप,रुम्जाटरा,जन्तरखानी,विगुटार,वेतिनी,ओखलढुगा गाविस एमालेको वर्चश्व रहेको र सधै एमालेले नै जित्दै आएको एमालेबाट २०५४ सालका रुम्जाटार गाविस अध्यक्ष भएका सिताराम गुरुङ बतउँछन् । नेपाली कांग्रेसले २०५४ सालमा नारायणस्थान, वर्नालु, सल्लेरी र ज्यामिरे (हालका वडा नं. ३, ५, ८ र ९) मा निकै प्रतिष्पर्धाबीच जितेको गुरुङले जानकारी दिए । त्यसवेलाका ठुलाछाप गाविस अध्यक्ष शंकर कट्वाल अहिले एमाले जिल्ला अध्यक्ष छन भने तलुवा गाविस अध्यक्ष केदार बस्नेत ०७४ मा वडा अध्यक्ष हुँदै अहिले उपमेयर जित्न सफल भए । उनीहरुकै दामोली रुम्जाटार गाविस अध्यक्ष सितारम गुरुङ भने पार्टीभित्र मौलाएको एकाधिकार र अधिनायकवादी प्रबृतिका विरुद्धमा भन्दै यसपटक मेयरमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार उठेका थिए । उनले १४६ मत प्राप्त गरेका छन् ।
‘पार्टीभित्र पद किनवेच गर्ने, सामूहिक छलफल गनरी एउटा व्यक्तिले व्यक्तिवादी ढंगबाट निर्णयहरु हुन थालेका छन’, गुरुङ भने, ‘यस्तै प्रबृतिका कारण मेयरमा मेरो स्वतन्त्र उम्मेदवपारी थियो । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेका अधिकांश वडामा यस पटक हार वेहोरेको छ, एमाले शुन्यतातिर झरेको छ ।’ नेपाली कांग्रेसले आफ्नो अघिल्ला निर्वाचनमा चारवटा वडाहरुमा विजयी प्राप्त गर्दै आएकोमा यस पटक ९ वडा सहित मेयर हात पार्नुमा एमाले भित्रको खटपट, अघिल्ला जनप्रतिनिधिहरुले गरेका कामको मूल्यांकन, एमालेको २५ वर्षे शासनकालमा पनि देखिनेगरी विकास हुन नसक्नु,माओवादीसँगको तालमेल र कांग्रेको आन्तरिक संगठन सुदृढीकरण लगायत कारण रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
एमालेलाई २५ वर्ष भोट दिएर केही नभएपछि लोकतन्त्र,विकास र समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नदेखेपछि कांग्रेसप्रति जनताको विश्वास बढ्दै गएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए । एमालेका अघिल्ला जनप्रतिनिधिहरुले गरेका भ्रष्टाचारजन्य गतिविधि र एमालेको गफ प्रति आकुल भएका नगरपालिकाका नागरिकले यस पटक कांग्रेस नै रोजेको उनको भनाइ छ । जनताको अभिमतलाई नेपाली कांग्रेसले कहिल्यौ पनि अवमूल्यान गनरी समग्र विकास र समृद्धिका लागि जनताको पक्षमा काम गर्ने भएकाले निर्वाचित जनप्रतिनिधिहरुलाई सोही अनुसार काम गर्न लगाउने खतिवडाले बताए ।
सिद्धिचरण नगरपालिकामा दलगत र स्वतन्त्र सहित सात उम्मेदवारले मेयरमा प्रतिष्पर्धा गरेका थिए । जस मध्य नेपाली कांग्रेसका तेजन खनालले ६८३४ मत प्रप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै एमालेका इच्छा गुरुङले ५६५०,स्वतन्त्र उम्मेदवार सिताराम गुरुङले १४६ जसपाका मेगहरी आचार्यले १२४,एकीकृत समाजवादीका तिलक लोहनीले ११४, राप्रपाका नवराज श्रेष्ठले ७५ र राजमोका शेरबहादुर खत्रीले १२ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेका केदारबाबु बस्नेतले ५६९८ मत लिएर विजयी भएका हुन भने नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले ५१८२, एकीकृत समाजवादीकी निर्मला श्रेष्ठले ३४५,राप्रपाकी सविना श्रेष्ठ (भुजेल) १४४, जसपाका माया मगर १४३ र राजमोका शारदा खत्रीले १२ मत प्राप्त गरेको निर्वाचन आयोग नेपालले जनाएको छ ।
