रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी विजयी


  • 6.2K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी विजयी

    काठमाडौं, ४ जेठ । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

    images

    राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव विजयी भएका हुन् । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् ।

    मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् ।

    यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छिन् ।