राजनीतिक दलहरू सकिने खतरा छ : माधवकुमार नेपाल

राजनीतिक दलहरू सकिने खतरा छ : माधवकुमार नेपाल


  • 5.3K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    राजनीतिक दलहरू सकिने खतरा छ : माधवकुमार नेपाल
    काठमाडौं, १५ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताउनुभएकाे छ । 

    भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताउनुभएकाे हो । 

    images

    आफूहरु परिवर्तनकामी रहेको भन्दै उहाँले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताउनुभयो । 

    राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनचाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

    नेपाल हिन्दु र बौद्धधर्मको उदगमथलो रहेको भन्दै उहाँले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिनुभयो । 


    तेस्रो आँखा