कैलालीको गोदावरी नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

कैलालीको गोदावरी नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित


  • 8.4K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    कैलालीको गोदावरी नगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

    काठमाडौं, ४ जेठ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

    images

    भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए । उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् ।

    उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् । कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप