मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी


  • 8.9K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं, ४जेठ । मुगु जिल्लाको खत्याड गाउँपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् ।

    images

    अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाएका छन् ।

    उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया ४५४८ मतका साथ विजयी भएकी छन् । उनले एमालेकी कविता गिरीलाई २०४९ मतान्तरले पराजित गरेकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेकी कविताले २४९९ मत पाइन् ।

    ११ वडा रहेको यो गाउँपालिकामा माओवादीले ५ र कांग्रेस-एमालेले ३/३ वडा जितेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा  जितेको थियो । योपटक भने ३ वटा वडामै सीमित रहेको छ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप