एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ कांग्रेसका वीरेन्द्र भट्ट सँग पराजित

एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ कांग्रेसका वीरेन्द्र भट्ट सँग पराजित


  • 7.0K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ कांग्रेसका वीरेन्द्र भट्ट सँग पराजित

    काठमाडौं, ४ जेठ । कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले  एमालेका  सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् । 

    images

    निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण भट्टले ११ हजार २सय २४ मत ल्याए । गोदावरीको उपमेयरमा भने एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् ।

    उनले १० हजार ६ सय ७० मत ल्याइन् । गठबन्धन उम्मेदवार समाजवादीकी रत्ना कठायतलाई रोकायाले ६ सय ८७ मतले पराजित गरिन् । कठायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन् । गोदावरी नगरपालिका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र समेत हो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप