पर्साकाे कालिकामाईमा २१ वर्षीय युवा अध्यक्षमा विजयी

पर्साकाे कालिकामाईमा २१ वर्षीय युवा अध्यक्षमा विजयी


  • 7.4K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    पर्साकाे कालिकामाईमा  २१ वर्षीय युवा अध्यक्षमा विजयी

    काठमाडौं,४ जेठ । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा विजयी भएका छन् । कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वशिष्ट कुमार र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भएका छन्  । 

    images

    अध्यक्ष पदका उम्मेदवार वशिष्ट कुमारले तीन हजार सात सय १९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले तीन हजार ६ सय पाँच मत प्राप्त गरेका  छन् । 

    यस्तै उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनीले तीन हजार नौ सय ६१ र उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सहानी खातुनले तीन हजार आठ सय ३६ मत प्राप्त गरेका  छन्  । 

    पाँच वटा वडा रहेको गाउँपालिकाको तीन वटा वडाध्यक्षमा जसपा, एक/एक वटामा एमाले र कांग्रेस विजयी भएका छन् । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप