काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।
काठमाडौंमा बुधवारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्नधानमन्त्री देउवाले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिनुभएका कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकको हितमा रहेको बताउनुभयाे ।
प्रधानमन्त्री देउवाले राप्रपाको महाधिवेशनको सफलताको कामनासमेत व्यक्त गर्नुभयाे ।
