• ट्रेण्डिङ्ग :
बजेटको सैद्धान्तिक छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि एमालेको आपत्ति

बजेटको सैद्धान्तिक छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि एमालेको आपत्ति


  • 7.2K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    बजेटको सैद्धान्तिक छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि एमालेको आपत्ति

    काठमाडौं, ५ जेठ । प्रतिनिधिसभाको बैठकमा विनियोजना विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा सदनमा नदेखिएपछि एमालेले नियमापत्ति गरेको छ ।

    images

    आगामी बजेटका सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री नै अनुपस्थित रहेपछि यसको औचित्यमाथि प्रश्न उठाउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

    एमालेको नियमापत्ति लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीलाई उपस्थित हुन रुलिङ गरेका छन् । कांग्रेस सांसद मिनेन्द्र रिजालले समेत अर्थमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप