काठमाडौं, ५ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ ।
बैठकमा नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको आपत्ति जनाए । उनले कृषि उतपादन र कृषि उत्पादकत्वमा ध्यान नदिइएको जनाउँदै देशभित्रै रोजगारीको अभिवृद्धि गर्न, विदेशी कामदार ल्याउनै नपर्ने व्यवथा गर्न माग गरे । उनले माथिल्लो कर्णालीजस्ता र पश्चिम सेती जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिए । उनले भने “सुशासन कायम गर्न सरकारको तर्फबाट विशेष ध्यान दिनुपर्छ । ”
