पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : भीम रावल

पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : भीम रावल


  • 6.6K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : भीम रावल

    काठमाडौं, १५ मंसिर । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताउनु भएकाे छ । 

    images

    दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमा टुइट गर्दै एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरे बताउनुभयाे । 

    आवाज उठाउनका लागि नै अध्यक्ष पदमा उम्मेदवारी दिएको रावलले प्रष्ट्याउनुभयाे । उहाँले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयाे ।

    रावल लेख्नुहुन्छ 'एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ। मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।'

     

    bhim rawal.PNG

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • तेस्रो आँखा