याैन हिंसासम्बन्धि कानूनी हदम्याद हटाई पीडितलाई न्याय दिन माग गर्दै बालुवाटारमा प्रदर्शन

याैन हिंसासम्बन्धि कानूनी हदम्याद हटाई पीडितलाई न्याय दिन माग गर्दै बालुवाटारमा प्रदर्शन


  • 13.4K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 20.7K Views

    याैन हिंसासम्बन्धि कानूनी हदम्याद हटाई पीडितलाई न्याय दिन माग गर्दै  बालुवाटारमा प्रदर्शन

    काठमाडौं, ६ जेठ । बालुवाटारमा बलात्कारीमाथि कारबाही र बलात्कार मुद्दाका सम्बन्धमा व्यवस्था भएकाे हदम्याद हटाउन माग गर्दै प्रदर्शन भएको छ । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि स्वस्फूर्त रुपमा सयाैं युवाहरू भेला भएर बलात्कारीमाथि कारबाहीको माग गरेका हुन् ।

    images

    आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका हुन् । पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो । ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । सो घटना पछि उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

    विशेषगरी युवायुवतिहरुको उल्लेख्य सहभागिता रहेको सो प्रदर्शनमा बलात्कारको मुद्दामा व्यवस्था भएको कानूनी हदम्यादलाई हटाउन माग गरिएको थियो । प्रदर्शनकारीहरुले बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरुका निर्णय गर्न फास्ट ट्र्याक अदालतको स्थापना गर, बलत्कार र अन्य यौनजन्य हिंसासम्बन्धि कानूनमा हदम्यादको व्यवस्था हटाउ, दाेषीलाई कारबाही गर लगायतका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए । साथै के हरेक बलात्कृतको पीडा बुझ्न हरेक घरको महिलाले पीडा भाेग्नुपर्ने हो ?, न्याय पाउन हदम्याद किन ?, हाम्रो सरकार के हेर्दै बलात्कारी देश घेर्दै, यौनजन्य हिंसा बन्द गर, अन्यायलाई बन्द गर लगायतको नाराहरु पनि लगाएका थिए ।

    प्रदर्शनका क्रममा उनीहरुले बलात्कृत पीडितहरुले न्याय पाउन कठिन हुनेगरेका बताएका छन्। आफूहरुले यसरी पटक पटक घटना घट्दा न्यायको माग गर्ने गरेको भएतापनि  सम्बन्धित पक्षले यस विषयमा ध्यान नदिदा यस्तो घटनामा कुनै कमि नआएको र झन् पिडकहरुलाई मनोबल बढ्ने काम भएको बताए । उनीहरुले यौनजन्य मुद्दा बढ्नुमा विषेशगरी कानूनमै त्रुटी भएको पनि बताए । अपराधिहरु पटक-पटक उम्किने र सजाए नपाउनाले सो घटनामा कमी नआएको उनीहरुको भनाइ छ । यौनजन्य हिंसासम्बन्धि कानूनमा हदम्यादको व्यवस्था हटाउन र पिडकलाई सजाए दिन र पीडितलाई न्याय दिन उनीहरुले जोडदार माग गरेका छन् । यो अवस्था नसुध्रिए सम्म आफूहरुको आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन विशेषगरी माग गरेका छन् ।

    नेपाल सरकार बादी भएर चल्ने मुद्धामा अनुसन्धान गर्नका लागि पीडितको जाहेरी अनिवार्य नहुने कानुनी व्यवस्था छ । पीडितले सामाजिक लज्जा, लाग्न सक्ने लान्छाना,कसुरदारको डर धाक, आफ्नो चेतनास्तर,आर्थिक तथा पारिवारिक स्थिति जस्ता कारणले जाहेरि दिन नसक्ने अवस्थामा जाहेरी नपरी अन्य कुनै माध्यामबाट जानकारी पाएका आधारमा प्रहरीले अनुसन्धान गरी मुद्धा चलाउनु पर्ने व्यवस्था छ । यस्तो अवस्थामा जवरजस्ती करणी जस्तो मुद्धामा हदम्यादको परम्परागत मान्यतालाई कठोरताका साथ अंगिकार गरिनु न्यायोचित नहुँने कानुनले व्यवस्था गरेको छ । यसरी हेर्दा आठ वर्ष अघि बलात्कार पिडीत भएकी ती युवतीकोले हदम्यादकै कारण न्याय नपाउने भन्ने हुँदैन । उनको न्यायका लागि सम्बन्धीत निकाय तदारुक्ताका साथ लाग्नु पर्ने नागरिकस्तरबाट दबाब बढेको छ ।

    बलात्कृत युवतीको न्यायको माग गर्दै ‘अकुपाइ बालुवाटार’ अभियानमा स्वतन्त्र युवाहरू :

    Susmita 10.jpg

    Susmita 11.jpg

    Susmita 8.jpg

    Susmita 7.jpg

    Susmita 3.jpg

    Susmita 1.jpg

    281593606_1035138347094411_862723002029742832_n.jpg

    281481393_1047657606181909_7017166577724416613_n.jpg

  • सम्बन्धित विषय:

  • # अपराध

  • पदम भुजेल
    लेखकबाट थप