बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको हदम्म्यादमा पुनर्विचार गर्न गगन थापाको माग

बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको हदम्म्यादमा पुनर्विचार गर्न गगन थापाको माग


  • 7.3K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको हदम्म्यादमा पुनर्विचार गर्न गगन थापाको माग

    काठमाडौं, ६ जेठ । सुन्दरी प्रतियोगिताका सञ्चालकले आठ वर्षअघि एक किशोरीमाथि गरेको बलात्कारको घटनाले संसदमा प्रवेश पाएको छ ।

    images

    नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

    प्रतिनिधिसभामा जारी विनियोजनक विधेयकको पूर्वछलफलमा भाग लिनुअघि किशोरी बलात्कारको घटनाबारे ध्यानाकर्षण गराउँदै थापाले बलात्कारसम्बन्धी कानूनमा रहेको हदम्यादसम्बन्त्री विषयमा पुनर्विचार गर्न माग गरे । 

    ‘हिजो म घर पुग्दा सामाजिक सञ्जालको एउटा भिडियो हेर्दै श्रिमती चिन्तित र छोरी डराएर बसेको पाए’, उनले भने ‘सभामुखज्यूमार्फत नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन माग गर्दछु । साथै यसै संसदले बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको खासगरी हदम्म्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्दछु।’

  • सम्बन्धित विषय:

  • # गगन कुमार थापा

  • तेस्रो आँखा
    लेखकबाट थप