बागमती प्रदेशसभा बैठक आह्वान

बागमती प्रदेशसभा बैठक आह्वान


  • 8.6K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    बागमती प्रदेशसभा बैठक आह्वान

    काठमाडौं, ६ जेठ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । 

    images

    प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्  । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

    सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप