सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न सक्दैन : ईश्वर पोखरेल

सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न सक्दैन : ईश्वर पोखरेल


  • 6.8K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न सक्दैन : ईश्वर पोखरेल
     
    काठमाडौं, १५ मंसिर । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताउनु भएकाे छ । 

    काठमाडौंमा बुधवारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभयाे ।  

    images

    सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने उहाँकाे भनाइ छ ।  

    विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्ने पाखरेलले बताउनुभयाे । उहाँले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयाे । 

    देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उहाँले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्ने बताउनुभयाे । 

  • सम्बन्धित विषय:

  • # इश्वर पाेखरेल

  • तेस्रो आँखा